टीकापुरमा तेस्रो शिव साधना शुरु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

टीकापुरमा तेस्रो शिव साधना शुरु



लोकेन्द्र रावल / टीकापुर । श्री पिण्डेश्वर शिव लक्ष्मी धाम कैलालीको आयोजनामा सोमबारदेखि टीकापुरमा तेस्रो शिव साधना शुरु भएको छ ।

शिविरमा परम उद्दारकर्ता संकट मोचन स्वरुप श्रद्धेय गुरु श्री मदन बाबाले आत्म परमात्मा, भक्ति, जीवन र जगतका बारेमा साधकहरु लाई ज्ञान दिइरहनु भएको छ ।
शिविरमा सवा करोड ज्योति प्रज्वलन सहित रुद्रि अनुष्ठान सहित यज्ञ समेत गरिने तेस्रो ऐतिहासिक विशेष शिव साधनाका संयोजक लोकेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

सवा करोड ज्योति प्रज्वलन सुदूरपश्चिममा पहिलो पटक हुन लागेको पनि संयोजक कुँवरले बताउनुभयो । टीकापुरको सिटिहलमा शुरु भएको साधनामा नेपाल र भारतका गरी करिब २ हजार साधकको उपस्थिती रहेको छ ।

शिविरमा उपस्थित साधकहरुका लागि खाना तथा आवासको व्यवस्था पनि रहेको छ । तेस्रो शिव साधना २८ गतेसम्म चल्नेछ ।