टीकापुर महोत्सव : बीरेन्द्र बिद्या बहुमुखी क्याम्पसका बिद्याथीको चिया स्टल - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

टीकापुर महोत्सव : बीरेन्द्र बिद्या बहुमुखी क्याम्पसका बिद्याथीको चिया स्टल



लोकेन्द्र रावल / टीकापुर ।

श्रम गर्नेहरुका अगाडी भगवान पनि झुक्छन् भन्ने मान्यता छ । त्यहि मान्यतामा उभिएर बिद्यार्थीले टीकापुर होत्सव २०७५ मा आफ्नो श्रम देखाएर धेरैलाई खुशि पारेका छन् । क्याम्पसको नाम लेखेको ड्रेसमा उनीहरुले महोत्सवमा स्टल संचालन गरेर चिया,कफि र चाउ चाउ बिक्रि गर्न थालेका छन् ।

टीकापुर महोत्सव २०७५ मा यसरी स्टल संचालन गर्ने कर्मयोगीहरु टीकापुर स्थित बीरेन्द्र बिद्या बहुमुखी क्याम्पसका बिद्यार्थी हुन् । यो स्टलमा जादा हरेक अभिभावक गर्वले फर्किन्छ्न । बिद्यार्थीको स्टलमा एक पटक जानै पर्छ भन्नेहरुको संख्या बढ्दै छ । बीरेन्द्र क्याम्पसमा बिबिएसमा अध्ययनरत २७ जना मिलेर स्टल संचालन गरेका छन् । सबै काम उनीहरु आफैं गर्छन् । ‘पढेर मात्र हुदैन,ग्रहाकका बारेमा व्यबहारिक ज्ञान लिन स्टल संचालन गरेका हौं,’करिश्मा धामीले भन्नुभयो , ‘परिवारमा निर्भर छौ,आत्म निर्भर हुन सिक्नुपर्छ महोत्सवलाई सदुपयोग गरौं भनेर साथीहरुलाई आग्रहगरे र प्राध्यापक सरहरुको सहमतिमा स्टल संचालन गर्दैछौ ।’ उहाले स्टल संचालन गरेपछि ग्रहाकसंग कसरी व्यबहार गर्ने भनेर सिक्ने अवसर पाएको बताउनु भयो ।‘ यो आम्दानीबाट पकेट खर्च चल्नुका साथै केही सिक्ने अवसरका रुपमा लिदा सबै खुसि छौ ,’ धामीले बताउनु भयो । क्याम्पसमा रहेको स्वबियूको सहयोगमा बिद्यार्थीले स्टल संचालन गरेका हुन् ।

‘बिबिएसमा अध्ययनरत साथीहरुले महोत्सवबाट लाभ लिने योजना बनाए मलाई पनि मन प¥यो, क्याम्पस प्रशासनले पनि सकारात्मक भूमिका निभाएकोछ,’स्वबियू सभापति धनञ्जय रिमालले भन्नुभयो,‘ यस क्षेत्रका लागि नयाँ हो,आत्म निर्भर हुन सिक्ने प्रयासमा छन् साथीहरु, यसबाट अरु बिद्यार्थीले पनि सिक्न जरुरी छ ।’ स्टलमा आउने हरेकले बिद्यार्थीको प्रयासलाई प्रसंसा गरेको बताउनुभयो ।‘ बिद्यार्थीले संचालन गरेको स्टल हो, यसले महोत्सवका लागि पनि राम्रो सन्देश दिएकोछ,’रिमालले भन्नुभयो । ‘ महोत्सवमा बिद्यार्थीले उदाहरणीय काम गरेका छन्,’ पूर्ब क्याम्पस प्रमुख कीर्ति सिंह बमले भन्नुभयो ,‘स्वबियू सभापति धनञ्जय रिमालमा केही गरौं भावना छ , यसैको प्रतिफल हो ।’
उहाँले स्वबियू सभापति रिमाल बाट अरु बिद्यार्थी नेताहरुले पनि सिक्न जरुरी छ भन्दै अब नारा लगाउने मात्र होइन क्रिएटिभ काम गर्ने नेतृत्वको खाँचो छ भन्नुभयो ।