भैँसी चोरेको आरोपमा तीन जनालाई पिटेर मारियो - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

भैँसी चोरेको आरोपमा तीन जनालाई पिटेर मारियो



हिमालपोस्ट/काठमाडौँ-

(बीबीसी, हिन्दीबाट)

बिहारको सारण(छपरा) जिल्लामा बिहीबार राति तीन जनालाई पिटेर हत्या गरिएको छ। मृतहरूको सनाखत भैसकेको र उनीहरू नौशाद कुरैसी, राजू नट र विदेशी नट रहेको खुलेको छ।

यो घटना सो जिल्लाको बनियापुर थाना अन्तर्गत पिठौरी नन्दलाल टोला गाउँमा भएको हो। स्थानीयले तीनै जनामाथि भैँसी चोरेको आरोप लगाएका छन्।

यसै सम्बन्धमा छपरा जिल्लाका पुलिस अधिक्षक हरिकिशोर रायले यो घटना भीडको कुटपिट नभएको जिकिर गर्दै भने, “तीनै जना गाउँमा भैँसी चोरिरहेका थिए। यसैक्रममा घरमालिकको निद्रा टुट्यो र तीनै जनालाई पक्रिएर पिटियो। उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो।”