राना थारू उत्थान समन्वय मञ्च कञ्चनपुरकाे नयाँ सालकाे शुभकामना अादान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

राना थारू उत्थान समन्वय मञ्च कञ्चनपुरकाे नयाँ सालकाे शुभकामना अादान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



जुद्ध चाैधरी/ पुनर्वास । नयाँ साल एवम अन्तर्राष्ट्रिय मजदुर दिवसकाे अवसर पारेर राना थारू उत्थान समन्वय मञ्च कञ्चनपुरले अाज शुभकामना अादान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।

राना थारू उत्थान समन्वय मञ्चका केन्द्रिय संयाेजक धाेखे रानाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नम्बर सात कञ्चनपुरका प्रदेश सभा सदस्य श्यामलाल रानाकाे प्रमुख अातिथ्यमा सम्पन्न साे कार्यक्रममा विशिष्ट अतिथि निबर्तमान सभाषद पुरन राना रहनु भएकाे थियाे। त्यसैगरी अतिथिहरूमा कञ्चनपुर जिल्लाका स्थानिय तहका वडाअध्यक्षहरू तथा भलमन्साहरू रहेका थिए।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि श्यामलाल रानाले कैलाली र कञ्चनपुरमा बसाेबास गर्ने राना थारू समुदायका विभिन्न जायज माग मुद्दाहरू केन्द्रीय स्तरमा पुर्याउने र कार्यान्वयनका लागि पहल गर्ने बताउनु भयाे। त्यसैगरी राना थारू समुदायले मनाउने विभिन्न चाडपर्बहरूमा एकरुपता ल्याई स्थानिय स्तरमा राना थारूका महत्त्वपुर्ण चाडपर्बमा सार्बजनिक बिदाका लागि सरकार समक्ष अाफु पहल गर्ने प्रदेश सभा सदस्य रानाले बताउनु भयाे।

त्यसै गरि कार्यक्रममा बाेल्दै भलमन्सा तथा राना थारू सँग सम्बन्धित संघ सँस्थाका प्रतिनिधिहरूले भलमन्साहरूलाई स्थानिय निकायबाट सामुदायिक सुरक्षा भत्ताकाे ब्यबस्था हुनु पर्नेमा जाेडदार माग गरेका थिय।
कञ्चनपुर जिल्ला भरीका करीब ३०० जनाकाे उपस्थिति रहेकाे उक्त कार्यक्रम साबिक त्रिभुवनबस्ती गाबिसकाे सभाहलमा सम्पन्न भएकाे हाे।

कार्यक्रममा स्वागत मन्तब्य फुल्लन रानाले राख्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन तिर्थ राज रानाले गर्नु भएकाे थियाे।