तेस्रो प्याब्सन क्रीकेट कप: भुरुवा पब्लिक ,पानसदिप लम्की र कैलाली पब्लिक लम्की विजयी  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तेस्रो प्याब्सन क्रीकेट कप: भुरुवा पब्लिक ,पानसदिप लम्की र कैलाली पब्लिक लम्की विजयी 



बौनिया ,कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा जारी प्याब्सन क्रीकेट कपमा मंगलबार भएका ३ ओटा खेलमा भुरुवा पब्लिक ,पानसदिप लम्की र कैलाली पब्लिक लम्की बिजयी भएका छन भने मंगलबार बिहान खेलाउने भनिएको बलिया कमन र पाईनियर्स आधारभुत तह बिचको खेल पानीका कारण रद्ध गरियो र दुई ओटै टिमलाई १/१ अन्क बाडिएको थियो ।

मंगलबार बिहान ११ बजे भएको खेलमा भुरुवा पब्लिकले स्यम्भुनाथ लम्किलाई ६ बिजेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्यम्भुनाथ लम्किले निर्धारित ८ ओभरमा ५ बिकेट को क्ष्यतिमा २६ रन बनाउन सफल भएको थियो । २७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको भुरुवा पब्लिकले ६. ४ ओभरमा ४ बिकेट गुमाउदै लक्ष्य भेटाएको हो । भुरुवा पब्लिकका दिनेश बि क म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरि माबि तह अन्तर्गतको तेस्रो खेलमा पानसदिप २३ रनले बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पानसदिपले निर्धारित ८ ओभरमा ४ बिकेट गुमाउदै ४९ रन बनाउन सफल भएको थियो । ५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको पायनियर्स ७.४ ओभरमा अल आउट हुदै २६ रनमात्र बनाउन सक्यो र २३ रनको हार ब्योहोर्न बाध्य भएको हो । पायनियर्श लम्किलाई सस्तैमा समेटने क्रममा पानसदिपका कप्तान नबिन बमले २ ओभरमा ४ रन खर्चिदै ४ बिकेट लिन सफल भएका थिय । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

त्यस्तै दोस्रो दिनको अन्तिम खेलमा कैलाली पब्लिक बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ब्राईट फ्युचरले निर्धारित ६ ओभरमा ७ बिकेट गुमाउदै ३५ रन बनाउन सफल भएको थियो । ३६ रन को लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कैलाली पब्लिकले ५.३ ओभर खेल्दै ३ बिकेटको क्ष्यतिमा लक्ष्य भेटाएको थियो । २२ रन बनाएका कैलाली पब्लिकका किरण चौधरी म्यान अफ द म्याच बन्न सफल भए । मंगलबार सम्पन्न भएका सम्पुर्ण खेलमा बर्षाका कारण ओभर घटाईएको थियो ।

प्रतियोगितामा लम्की चुहा नगरपालिका भित्रका प्याब्सन समितिका सदस्य बिधालय मध्य माबि र आधारभुत तह गरि २५ बिधालयको सहभागिता रहेको छ । जारी प्रतियोगितामा आधारभुत तहका १७ बिधालयलाई ४ समुहमा बिभाजन गरिएको छ भने मा बि का ८ बिधालयलाई २ समुहमा बिभाजन गरिएको छ । प्रतियोगिता लिक चरणमा खेलाईने प्याब्सन समितिका उपाध्यक्ष मोहन ढुङ्गानाले जानकारी दिनुभयो ।