काठमाडौंमा गुडिरहेको टेम्पोमा एकाएक आगो लाग्यो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

काठमाडौंमा गुडिरहेको टेम्पोमा एकाएक आगो लाग्यो



काठमाडौंको पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेको हो । मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतको बा १ ह ३९६७ नम्बरको टेम्पोमा आगलागी भएको हो ।

यात्रुलाई चोकमा ओरालेर एक्लै बसेको समयमा आगलागी भएको बस्नेतले बताए । अचानक एक आवाज आएको र फर्केर हेर्दा टेम्पो दनदनी जलिरहेको उनको भनाइ छ ।

स्थानीय र नेपाल प्रहरीको सहयोगमा दमकलले आगो निभाइएको छ । आगो लाग्नुको कारण एकिक नभए पनि तार सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ ।