पचास करोड दिनुस्, म मोदीलाई मारीदिन्छु : तेजबहादुर - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पचास करोड दिनुस्, म मोदीलाई मारीदिन्छु : तेजबहादुर



भारतमा एउटा भिडियो भाइरल भएको छ। त्यस भिडियोमा बरखास्त गरिएका बिएसएफका जवान तेजबहादुरले आफूलाई पचास करोड दिइए मोदीको हत्या गर्ने बताएका छन्। पाकिस्तानले दिन्छ त पैसा भन्ने प्रश्नमा उनले आफू देशभक्त भएको र पाकिस्तानबाट पैसा लिँदै नलिने बताएका छन्। तेजबहादुर तिनै हुन् जसले वाराणसीमा मोदीविरूद्ध उम्मेद्वारी दिएका थिए र उनको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो।

भारतीय सर्वोच्च अदालतले भने तेजबहादुरको सिकायतबारे पुनर्विचार गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ। सो भिडियो भाइरल भए पनि त्यसको प्रामाणीकता पुष्टि हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।