वास्तविक तीज गीत 'दिदी भाई' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वास्तविक तीज गीत ‘दिदी भाई’ बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । कति नारीहरूको मन माईतिको आगन सम्झेर रमाएको छ भने कतिपयको रोएको पनि छ । कलाकारहरूले विभिन्न विषयवस्तुका तीजगीत हरू बजारमा ल्याएका छन् ।

यसै क्रममा अमूल्य म्युजिक प्रा लिले दाजुभाइ हरू परदेशिए पछि बाबा बुढा भएर लिन आउन नसक्नाले माईत जान नपाएको चेलीको वेदनामा तयार भएको गीत दिदी भाइ सार्वजनिक गरेको छ । केसिमाया रामदामको प्रस्तुति सँगै लय शब्द र स्वर रहेको गीतमा प्रेम घिमिरेको पनि स्वर रहेको छ ।

अशोक बि कको निर्देशनमा प्रेम घिमिरे र केसिमाया रामदाम अभिनित भिडियो लाई बासु न्यौपाने ले खिचेर मनिष कार्कीले सम्पादन गरेका छन् ।