चिया बेचेरै करोडपति - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चिया बेचेरै करोडपति



भारतको लखनउमा दुई इन्जिनियर साथीहरूले चिया बेचेरै करोडौँ भारु कमाएका छन् ।

अभिनव टण्डन र प्रमित शर्माले चाय कलिङ नामक चिया व्यवसाय चलाएका छन् । उनीहरूले पिज्जा र अन्य खानेकुरा बाहेक चियाको पनि होम डेलिभरी सुरू गरे । हजारौँ मानिसले प्रत्येक दिन घर वा कार्यालयमा चिया पिइरहँदा उनीहरूको कारोबार बढिरहेको हो ।

टण्डन र शर्माले अहिले १५ वटा चियापसल खोलेका छन् । उनीहरू वर्षको २ करोड भारु कमाइरहेका छन् । बरेलीमा बस्ने उनीहरूले लखनउबाट इन्जिनियरिङ गरेका थिए । पढाइ सकेपछि दुवैले बहुराष्ट्रिय कम्पनीमा काम थाले ।

पछि जागिर खानुभन्दा आफ्नै काम थाल्नु उपयुक्त हुने उनीहरूले बुझे । सन् २०१४ मा दुवैले चाय कलिङ नाम राखेर नोएडाको सेक्टर–१६ मेट्रो स्टेसननजिक चियापसल सुरु गरे ।

अभिनवले भने, ‘म अफिसमा काम गर्दा मेसिनको चिया पिउनुपर्थ्यो । दिक्क लागेपछि बाहिर गएर चिया पिउन थालेँ । त्यसपछि चिया पसल सुरु गर्दा फाइदा हुन्छ जस्तो लाग्यो । अनि साथीसँग मिलेर एक लाख भारु लगानी गरेर चियापसल थापियो ।’

उनीहरूले चाय कलिङ नामबाट वेबसाइट पनि बनाए । व्यापार बढ्दै गएपछि कार्यालयहरूले कन्ट्र्याक्ट दिए । अफिसहरूमा चियाको डेलिभरि गरिन थालियो ।

एक कप चिया १० र १५ भारुमा बेच्छन् उनीहरू ।

व्यापार बढ्दै गएपछि अभिनव र प्रमितले घरहरूमा पनि १५ मिनेटभित्र चिया पुर्‍याउन थाले ।

चाय कलिङले १०० युवालाई रोजगारी दिएको छ ।

एजेन्सी