जे .टि क्रिकेट कपः उपाधिका लागी उज्यालो र आर एम ई टिकापुर भिड्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जे .टि क्रिकेट कपः उपाधिका लागी उज्यालो र आर एम ई टिकापुर भिड्ने



पदम ओझा / बौनिया ।
जे टि कृकेट कप प्रतियोगितामा आज भएका सेमिफाइनल खेलमा उज्यालो लम्कि र आर एम ई टिकापुर बिजयी भएका छन । उज्यालो लम्कि र आर एम ई बिजयी भए संगै उपाधिका लागी प्रतिस्पर्धा गर्ने भएका छन ।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कालिकाका लाई ४ बिकेटले पराजित गर्दै उज्यालो बिजयी भएको हो । टस जितेर पबिले ब्याटिङ गरेको कालिका माबी नौनियाले १६ ओभर खेल्दै अल आउट हुदै ६६ रन बनाएको थियो । कालिकाका लागी दिपेश रोकायाले ४ चौकाको मदतले ३१ रनको योगदान गरेका थिए ।

कालिकालाई सस्तैमा समेट्ने क्रममा उज्यालोका बद्री भण्डारीले ४ ओभरमा ७ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए ।

६७ रनको सामान्य बिजयी लक्ष्यका साथ मैदान गएको उज्यालोले ११.३ ओभर खेल्दै ६ बिकेटको क्ष्यतिमा लक्ष्य चुम्दै फाईनल पुग्न सफल भएको हो । उज्यालो लम्किलाई जित दिलाउने क्रममा कमल बिष्टले अबिजित रहदै २३ रनको योगदान गरेका थिए । उनि म्यान अफ द म्याच बन्न सफल भए ।

आज भएको अर्को सेमिफाइनलमा गत सालको बिजेता आर एम ई टिकापुरले बालबाटिकालाई ७ रनले पराजित गर्दै फाईनल पुग्न सफल भएको हो । आर एम ई लगातर ४ पटक फाईनल पुग्न सफल भएको छ । भने आर एम ई टिकापुर २ पटक को बिजेता पनि हो ।

आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर एम ई टिकापुरले निर्धारित १९.५ ओभर खेल्दै अल आउट हुदै ११२ रन बनाउन सफल भएको थियो ।

आर एम ई का लागी लोकेश कठायतले ३७ रनको पारी खेलेका थिए । बाल बाटिकाका लागी बिमल बोहराले ४ ओभरमा १५ रन खर्चिदै ४ बिकेट लिन सफल भएका थिए ।
११३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको बाल बाटिका निर्धारित २० ओभर खेल्दै ८ बिकेट गुमाउदै १०५ रन बानाउन सक्यो र ७ रन को झिनो हार ब्योहोर्दै सेमिफाइनल बाटै बाहिरिएको हो । बर्लिन गिरि र दिपेश सिंहले २३/२३ रनको पारी खेले पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । आर एम ई का आदेश परियारले ३ बिकेट लिएका थिए । ३७ रन बनाएका लोकेश कठायत म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । फाईनल खेल १५ गते समापन हुने छ ।