तरुण दलद्वारा वडा स्तरिय फुटसल प्रतियोगिता हुदै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

तरुण दलद्वारा वडा स्तरिय फुटसल प्रतियोगिता हुदै



बुटवल : नेपाल तरुण दल नगर समितिको आयोजनामा कार्तिक १९ र २० गते दुई दिन बुटवल उपमहानगर रनिङ्ग वडा स्तरिय फुटसल प्रतियोगिता २०७४ हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरि जनाएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नगर अध्यक्ष सुजन पुनले बताए । बुटवल उपमहानगपालिकाको १९ वडा र एउटा आयोजक टिमले समेत उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद २० हजार, ट्रफी, प्रमाणपत्र, मेडल तथा उपविजेता टिमले नगद १० हजार, ट्रफी, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने खेल संयोजक सञ्जु बस्नेतले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोरर, अनुशासित खेलाडीलाई समेत ट्रफीबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति हसन्त लामाले तरुण दिवसको अवसरमा आयोजना गर्ने तयारी भएको भन्दै राजनीतिक अवस्थाले केही ढिलाई गरि आयोजना भएको बताए ।