स्वस्तिमाको आलोचना - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

स्वस्तिमाको आलोचना



काठमाडौं- फिल्मको महूर्त गर्दासमेत आफू फिल्म खेल्ने कि नखेल्ने भन्ने टुंगोमा थिइनन्, नायिका स्वस्तिमा खड्का।

उनको कन्फ्युज र दोधार यति लम्बियो कि फिल्मको छायाँकन नै सकिइसक्यो।

सेक्स साइकोलोजीमाथि बनेको फिल्म ‘चपली हाइट ३’ को कथा भल्गर देखेकाले उनी फिल्ममा देखिने कि नदेखिने भनी दोधारमा परेकी रहिछन्। यो खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ।

त्यसो त उनीमात्र होइन, अधिकांश अभिनेत्रीलाई फिल्मको नामैले तर्साउँछ।

फिल्मको नामले नै उनी पनि तर्सिएकी रहछिन्। अन्ततः उनले फिल्म खेलेको प्रमाणित त भयो नै तर फिल्मका बारेमा अझै स्वस्तिमाले खुलेर कुरा गरेको पाइँदैन।

यस विषयमा केहीले उनको आलोचना थालिसकेका छन्, ‘नाकै खुम्च्याउने र दोधारे कुरा गर्नेले फिल्म चाहीँ किन गरेको त?’