भ्रष्टाचारको रूप बदलिएर पैसाबाट सेयर हुँदै सुन र हिरामा परिणत भयो- स्वर्णिम वाग्ले - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

भ्रष्टाचारको रूप बदलिएर पैसाबाट सेयर हुँदै सुन र हिरामा परिणत भयो- स्वर्णिम वाग्ले



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन् । अपराध करार गर्नेभन्दा पनि ती पात्रलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अव नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकि रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे । सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने पनि बताए ।

सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोहको रूपमा लिनुपर्ने बताए । ‘अब यूएनएचसीआरको संलग्नता हुन्छ नै संयुक्त राष्ट्र संघको मातहत भएको हुनाले पनि । अमेरिकामा १ लाख १० हजार भुटानी शरणार्थी भएको हुनाले त्यहाँ पुनर्वासका लागि जानुभएको हुनाले त्यहाँको विदेशमन्त्री, यहाँको स्थानीय राजदूतको चासोचाहिँ रहला नै’ सांसद वाग्लेले भने, ‘अहिलेलाई मेरो बुझाइमा चाँही विशुद्ध नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ । अब त्यो अनुसन्धान र्‍यापअप हुन अब ७/८ दिन बाँकि छ । अहिलेको हामी सबैले ध्यान दिनुपर्ने विषयचाहि यो नाम आएकाहरू, पोलिएकाहरूलाई कम्तिमा सोधखोजका लागि ल्याउनुपर्‍यो ।’

‘उनले अहिले नै अपराधी करार गर्ने होइन । तर नाम आईसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरू लिएर आउनु पर्छ । र, हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ भन्ने लाग्छ,’ उनले भने ।

सांसद वाग्लेले भ्रष्टाचारको स्वरूप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराए ।