स्वर्णिम वाग्ले र ज्ञानेन्द्र शाही अर्थ समितिमा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

स्वर्णिम वाग्ले र ज्ञानेन्द्र शाही अर्थ समितिमा



प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिमा सबै दलका संसदहरु बाँडफाँट भइसकेका छन्। यसअनुसार अर्थ समितिमा रहने सांसदहरुको समेत टुंगो लागेको छ।

यसपटक समितिमा राप्रपाका ज्ञानेन्द्र शाहीदेखि रास्वपाका स्वर्णिम वाग्लेसम्म सदस्य रहेका छन्।

भर्खरै उपनिर्वाचन जितेका स्वर्णिम वाग्लेले अर्थसमिति रोजेका हुन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको नाम पठाए पनि त्यसलाई संशोधन गरी वाग्लेलाई पठाइएको हो।

ढकाललाई सार्वजनिक लेखा समितिमा पठाएर स्वर्णिम वाग्लेलाई अर्थसमितिमा ल्याइएको छ।

यी हुन् अर्थ समितिका सदस्य सांसद

अन्जनी श्रेष्ठ
अम्मर बहादुर रायमाझी
गंगा कार्की
छिरिङ डम्डुल लामा (भोटे)
जुली कुमारी महतो (महासेठ)
दिपक खड्का
दीपक बोहरा
नारायण प्रसाद आचार्य
नारायणी शर्मा
पदम गिरी
पूर्ण बहादुर तामाङ्ग
भगवती चौधरी
मुक्ता कुमारी यादव
मेटमणि चौधरी
रण कुमारी बलम्पाकी मगर
रामनाथ अधिकारी
विनोद कुमार चौधरी
विराज भक्त श्रेष्ठ
वीरेन्द्र प्रसाद महतो
विष्णु प्रसाद पौडेल
सन्तोष चालिसे
स्वर्णिम वाग्ले
सूर्य बहादुर थापा क्षेत्री
ज्ञान बहादुर शाही
ज्ञानेन्द्र बहादुर कार्की