स्वर्णिमले ६ हजार मत ल्याउँदा गोविन्दले २७ सय कटाउन सकेनन् - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

स्वर्णिमले ६ हजार मत ल्याउँदा गोविन्दले २७ सय कटाउन सकेनन्



तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत पाएका छन् । वाग्लेले करिव ६ हजार मत ल्याउँदा गोविन्द भट्टराईले भने २७ सय मत पनि ल्याउन सकेका छैनन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २६८७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६५७ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।