गुठी विधेयक वैदिक सनातन धर्मविरोधी - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

गुठी विधेयक वैदिक सनातन धर्मविरोधी



काठमाडौँ –  स्वर्गद्धारी आश्रम सहित  विभिन्न सङ्घ–संस्थाले विवादास्पद गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले गुठीको सम्पत्ति हत्याउने विधेयक फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उनीहहरूले देवी–देवताका नाममा अर्पण गरेको चल–अचल सम्पत्ति सरकारले भूमाफियालाई सुम्पन खोजेको आरोप लगाए।सो विधेयकले नेपालको मौलिक संस्कृति र सनातन वैदिक परम्परा स्वाहा पार्ने भएकाले संस्कृतिमाथिको प्रहारविरुद्ध एकजुट हुनसमेत उनीहरूले आह्वान गरेका छन् ।

स्वर्गद्धारी आश्रमका सदस्य रुद्रप्रसाद मिश्रले आश्रमको नाममा ११ सय विगाहा जमिन रहेको भन्दै गुठीको जग्गा बचाऔँ अभियान सञ्चालन गरिने बताए ।