कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेला आयो- सुर्य थापा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेला आयो- सुर्य थापा



काठमाडौं- नेकपा (एमाले)का सांसद सुर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।

मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो। बिहीबार प्रतिनिधिसभा सदस्यको सपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको पक्षमा बन्छ भन्ने कुरा भन्न मुस्किल रहेको बताए।

‘सरकारको नेतृत्वमा को आउनु हुन्छ? कांग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि। अब ठूला शक्ति भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ’, उनले भने।

सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढनुपर्ने धारणासमेत राखे। उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।