एमाले र कांग्रेस मिलेर सरकार बनाउने सुरेन्द्र पाण्डेको दाबी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमाले र कांग्रेस मिलेर सरकार बनाउने सुरेन्द्र पाण्डेको दाबी



नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले र कांग्रेस मिलेर सरकार बनाउन सक्ने दाबी गरेका छन् । उनले एमाले सरकार बनाउने दौडमा नरहेको तर देशको संकट टार्न एमाले र कांग्रेस सहकार्य गर्ने बताए ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयतर्फ नसोचेको बताए। ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ’, उनले भने।

अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए।

संसद्‍मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो।

देशमा आर्थिक र राजनीतिक संकट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए।

निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए।

‘एमाले र कांग्रेस सच्चिनुपर्छ’, उनले भने, ‘जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो।’

तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेले बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए।