‘राम कथा’को म्युजिक भिडियो सार्बजनिक - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

‘राम कथा’को म्युजिक भिडियो सार्बजनिक



सुरज पन्थको अभिनय रहेको नयाँ गीत ‘राम कथा’ सार्बजनिक भएको छ। माया प्रेममा आधारित यो गीत मार्फत लामो समय पछि म्युजिक भिडियोमा सुरज फर्किएका छन। गीतकार तथा संगितकार शिव सुवेदीको आफ्नै शव्द र संगीत रहेको गीतमा रुपक डोटेलको स्वर दिएका छन् । यो गित सुवेदीले आफ्नै नामको युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । शोभाकर पन्त र स्वर पोखरेलको छायाँकन रहेको भिडियोको बुटवल वरीपरी खिचिएको मोडल सुरज पन्थले बताए। पन्थका अनुसार गीतको
भिडियोमा प्रेमको बियोगान्त राम कथा प्रस्तुत गरिएको छ। युवतीहरुको चक्करमा लाग्दा युवाहरुले भोग्ने रामकहानीलाई त्रिकोणात्मक कथ्य शैलीमा यो भिडियोमा प्रस्तुत गरिएको उनले बताए । पन्थलाई आवास ज्ञवाली, प्रभा न्यौपाने, रोशन शर्मा, अन्सु भुसाल, टिका खनालले अभिनयमा साथ दिएका छन् । महेश विक्रम पाण्डेको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र निर्देशन प्रदीप कंडेलले गरेका हुन् ।