नयाँ बर्षमा पैसा नभएको भन्दै सुरजलाई अन्जुले छोडेपछि.. (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नयाँ बर्षमा पैसा नभएको भन्दै सुरजलाई अन्जुले छोडेपछि.. (भिडियो सहित)



हिमाल पोस्ट / कैलाली ।

नयाँ बर्षमा आवश्यक खर्च जुटाउन नसकेको भन्दै प्रेमी अन्जु निरौलाले सुरज रावललाइ छोडेकी छिन् । तर, यो समाचार रियल लाइफमा भने हैन । यो त केहिदिन अघि रिलिज भएको “पैसा” बोलको म्युजिक भिडियोको कथा हो ।

पछिल्लो पुस्ता प्रेममा चुर्लुम्म डुब्ने तर अन्तिममा पैसोको खेलमा सबैभुल्ने र त्यसपछी विभिन्न गतिबिधिमा संलग्न हुने घटना बढ्दै गएको हुनाले यस बिषयलाइ गितका माध्यम बाट प्रस्तुत गरिएको मोडेल सुरज रावलले बताए ।

कैलालीको घोडाघोडी नगरपालिका- १० घुम्निभाकल घर भएका मोडल सुरज रावलद्वाराा अभिनित म्युजिक भिडियोमा मोडल रावललाई प्रेमीकाले धोका दिएको कथाबस्तुलाई भिडियो चित्रण गरिएको छ । भिडियोमा सुरज रावललाई मोडल अञ्जु निरौलाले साथ दिएकी छन ।

“पैसा” बोलको म्युजिक भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेकी हुन । यस गीतमा स्वर रविन विश्वकर्मा र पुर्णकला विसिको रहेको छ । जसमा संगीत सुमन परियारले दिएका हुन । गीतको लिरिक्स मधुसुधन डाँगीको हो । म्युजिक भिडियोको छायांकन बासु न्यौपानेले गरेका हुनभने सम्पादक राजेश कुमारले गरेका छन ।