अब शून्य लागतमा युएई जान पाउने - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

अब शून्य लागतमा युएई जान पाउने



काठमाडौं- वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने भएको छ।

आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले जेठमा भएको श्रम समझदारी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्झौता गरेसँगै शून्य लागतमा नेपाली कामदार युएई जान पाउने भएका छन्।

सम्झौता मंगलबारदेखि नै कार्यान्वयनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

गत जेठमा नेपाल र युएईबीच श्रम समझदारी भएको थियो।

अब सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै बेहोर्नेछन्।