सुनवल नगरपालीकामा हालसम्म ११.०२ % बजेट मात्र खर्च - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

सुनवल नगरपालीकामा हालसम्म ११.०२ % बजेट मात्र खर्च



पुस ७, नवलपरासी ।सुनवल नगरपालीकाको आर्थिक वर्ष २०७४।७५ को कुल विकास बजेट मध्ये हालसम्म जम्मा ११.०२ ५ बजेट मात्र खर्च भएको छ । चालु आर्थिक वर्षका निमित्त नगरपालीकाबाट विकास बजेट अन्तर्गत कुल ५१ करोड ९६ लाख ९४ हजार ६ सय ७० रुपैँया बजेट छुट्याइएको मध्ये अहिले सम्म जम्मा ५ करोड ९६ लाख ९४ हजार ६ सय ७० रुपैयाँ बजेट मात्र खर्च भएको हो ।
खर्च भएको बजेट मध्ये सबैभन्दा बढी बजेट विद्यालय क्षेत्र विकास कार्यक्रम तथा प्रशासनिक खर्च अन्तर्गत ३ करोड ५९ लाख ३३ हजार ३ सय ८० रुपँैया खर्च भएको देखिन्छ । स्थानिय निकायको सरकार गठन सङ्गै सरकारले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयका निमित्त बजेट बिनियोजन गर्ने जिम्मेबारी पनि स्थानिय सरकारलाई नै दिएको थियो । सुनवल नगरपालीका भित्र अहिले ३५ वटा सरकारी विद्यालयहरु छन् ।

त्यस्तै नगरपालीकाले वडा नं. १२ भुमही चोक देखी उत्तर जाने बाटोमा बातावरण मैत्री सोलारबत्ती जडानका निमित्त २० लाख ४१ हजार ९ सय ७ रुपँैया खर्च गरेको छ । यसैगरी वडा नं. ४ अन्तर्गत बनाहा, चारघरे, नयाबस्ती जोड्ने सडक कालोपत्रेका लागी ४ लाख २५ हजार रुपँैया खर्च भएको छ ।
त्यस्तै मात्रृशिषु कल्याणका निमित्त १० लाख ४० हजार रुपैँया खर्च भएको छ, भने पशु विकास कार्यक्रमका लागी ३ लाख ९० हजार रुपैँया सहित अन्य शिर्षकमा सो रकम खर्च भएको देखिन्छ । नयाँ आर्थिक वर्ष सुरु भएको झन्डै ६ महिना बितिसक्दा पनि कुल बिकास बजेटको जम्मा ११.०२ ५ मात्र बजेट खर्च हुनुको मुख्य कारण बिचमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाबका साथै उपभोक्ता समिती गठन प्रकृयामा ढिलाई तथा अनुशिक्षणले गर्दा भएको नगरपालीकाका कर्मचारीहरु बताउँछन् ।
नगरपालीकामा रहेका १३ वडाका लागि छुट्याइएको झन्डै ७२ करोड कुल बजेट अन्तर्गत सामाजिक बिकास शिर्षकमा २२ करोड ३६ लाख ७१ हजार रुपँैया, पूर्वाधार बिकासका लागी २० करोड ८० लाख ९२ हजार १ सय ७० रुपैँया, स्वास्थ्य क्षेत्रमा ३ करोड ६१ लाख ९३ हजार रुपँैया, आर्थिक बिकास शिर्षकमा २ करोड ११ लाख ३० हजार ४ सय ८० रुपँैया, खानेपानी तथा सरसफाई अन्तर्गत ८२ लाख रुपँैया, संस्कृती प्रबर्धनका निमित्त १९ लाख रुपैँया, युवा खेलकुद तथा मनोरञ्जन शिर्षकमा ८१ लाख रुपँैया, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अन्तर्गत (महिला लक्षित) शिर्षकमा ४ करोड ७४ लाख रुपँैया, (बालबालिका लक्षित) कार्यक्रममका लागी १ करोड ८२ लाख रुपैँया, (जेष्ठ नागरीक) कार्यक्रमका लागी ३६ लाख रुपँैयाका साथै वातावरण तथा विपद व्यवस्थापन शिर्षकमा १८ करोड ५ लाख रुपैँया बजेट सहितका अन्य शिर्षकहरु रहेको नगरपालीकाका लेखा अधिकृत जीबनाथ अर्यालले जानकारी दिए ।