५ किलो सुन लिएर हिंडेका दुई युवा नेपालगञ्जमा समातिए - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

५ किलो सुन लिएर हिंडेका दुई युवा नेपालगञ्जमा समातिए



नेपालगञ्ज । नेपाल प्रहरीले झण्डै ५ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।

नेपालगञ्जको न्यूरोड क्षेत्रबाट पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । उनीहरुलाई प्रहरीले ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले तयारी गरगहना बनाएर ल्याएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट सुनको सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट, हार, औंठीलगायतका गरगहना बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।