सुखड खानेपानीको साधारण सभा सम्पन्न : १५ करोडको आयव्यय सार्वजनिक - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

सुखड खानेपानीको साधारण सभा सम्पन्न : १५ करोडको आयव्यय सार्वजनिक



विशाल पाण्डेय / सुखड,कैलाली ।

करिब १५ करोड बराबरको आयव्यय सार्वजनिक गर्दै कैलालीको घोडाघोडी नगरपालिका- १ मा रहेको सुखड दरख खानेपानि तथा सरसफाई उपभोक्ता समितिले चौथौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

“खानेपानीमा शुद्धता ,हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ आर्थिक बर्ष २०७५ /०७६ को रु १४ करोड ७१ लाख ९७ हजार ९ सय २८ बराबरको आय व्यय प्रस्तुत गर्दै शनिबार समितिले चौथौ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

समितिका अध्यक्ष निरज मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अमर साउद प्रमुख अथिती रहेका थिए । प्रमुख अथीतिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य साउदले सुखड दरख खानेपानि उपभोक्ता समितिको ऋण तिर्न सहुलियतमा प्रयत्न गरिरहेको बताए ।साउदले खानेपानिको महसुल १० / २० रुपैया भएपनि बढाउनुपर्ने सुझाब दिएका छन् । साउदले भने, ‘अहिले उपभोक्ताले १० हजार लिटरको मासिक १ सय ८० रुपैयाँ तिर्ने गरेका छन् । यसमा केहि रकम बढाए ऋण तिर्न सहयोग पुग्छ ।’

समितिको निवर्तमान अध्यक्ष समेत रहेका सांसद साउदले साडेपानीको थुम्कीमा अन्डर ग्राउन्ड खानेपानिको ट्याङ्की निर्माणका लागि पुर्वाधार विकास कोषबाट ६० लाख रकम विनियोजन गरि सकेकोले खानेपानीमा सहजता हुने बताएका छन् । आफ्नो कार्यकालमा नै घोडाघोडी नगरपालिकाका सबै वडामा खानेपानि पुर्याउने योजना रहेको समेत प्रतिबद्धता जनाए । कार्यक्रमको संचालन समितिका सचीव टेकराज आचार्यले गरेका थिए ।

तीनजना सम्मानित

सुखड दरख खानेपानि तथा सरसफाई उपभोक्ता समितिको चौथौ बार्षिक साधारण सभाको अवसरमा तिनजना व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई सहयोग गरेको भन्दै बोरिङ हाल्नको लागि नि:शुल्क जग्गा उपलब्ध गराउने जग्गा धनि बिकाश जोशी, संस्थागत अध्यक्ष नन्दराम आचार्य र संस्थाका निवर्तमान अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य अम्मर साउदलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।