सुजाता थापाको वास्तविक जीवनमा आधारित गीत ‘उठ बाबु तिमी’ को रेकर्डिङ सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुजाता थापाको वास्तविक जीवनमा आधारित गीत ‘उठ बाबु तिमी’ को रेकर्डिङ सम्पन्न



हेमन्त न्यौपाने / काठमाडौँ 
संघर्षलाई जीवन बनाएकी नारी सुजाता थापाले आफ्नो पहिलो सांगीतिक कोसेली नेपाली श्रोतामा ल्याउने भएकी छन । उहाँको वास्तविक जीवनमा आधारित गीतमा स्वर चर्चित गायिका मेलिना राईले दिएकी छन भने संगीत दिनेश न्यौपानेले दिएका हुन ।

शुक्रबार काठमाडौँको अकोस्टिक नेपाल स्टुडियोमा गीतको रेकर्डिङ सम्पन्न भएको छ । ‘उठ बाबु तिमी’ बोलको गीतको शब्द सुजाता थापाले आफ्नै वास्तविक जीवनको आधारमा लेख्नु भएको हो । उहाँका जेठा छोरा शारीरिकरुपमा अशक्त छनभने कान्छा छोरा गर्भ मै हुँदै श्रीमानले छोडेर गएको पिडालाई गीतबाट व्यक्त गरेकी छन । श्रीमानले छोडेर गएपछि सानासाना बाबुहरुलाई एक्लो महिलाले हुर्काउँन कति संघर्ष गर्नुपर्छ त्यो संघर्ष उहाँले गर्नुपर्यो । काठमाडौँ निवासी उहाँ हाल अमेरिका बस्दै आउनुभएको छ ।

नेपाली पप तथा आधुनिक गायिका राईले यस गीतमा आवाज दिन पाउँदा उत्साहित भएको बताइन । गायिका मेलिना राई पछिल्लो समय नेपाली सांगीतिक आकाशमा चर्चित नाम हो । उनीद्वारा गाइएका गीतहरू निकै लोकप्रिय रहेको छ । गायिका राईले यस गीतमा फरक प्रस्तुति दिएकी छन ।

गीतको सुटिङ म्युजिक भिडियो दसैं पछी मात्र बन्ने निर्देशक रणधिर श्रेष्ठले बताउनु भयो । निर्देशक श्रेष्ठकै निर्देशनमा म्युजिक भिडियो बन्ने भएको छ । रचनाकारको वास्तविक जीवनमा आधारित गीतलाई म्युजिक भिडियोमा प्रस्तुत गर्दा निकै उत्साहित भएको निर्देशक श्रेष्ठले बताए ।

म्युजिक भिडियोमा रचनाकार सुजता थापाका जेष्ठ सुपुत्रले छोराको भुमिका निभाउने छनभने आमाको भुमिकामा नायिका केकी अधिकारीले गर्ने निर्देशक श्रेष्ठले बताए ।