शाहरुखकी छोरी डेब्यु फिल्मबाटै चर्चाको शिखरमा - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

शाहरुखकी छोरी डेब्यु फिल्मबाटै चर्चाको शिखरमा



एजेन्सी- शाहरुख र गौरी खानकी छोरी सुहाना खानले हालै एउटा सर्ट फिल्ममा अभिनय गरिन्। उक्त सर्ट फिल्ममा सुहानाको भूमिकालाई निकै रुचाइयो। सुहाना डेब्यु फिल्मबाटै चर्चाको शिखरमा छिन्।

कतिपयले उनका पिता शाहरुखका कारणले सुहानाले चर्चा कमाएको बताए पनि उनी आफैमा ट्यालेन्ट छिन्। केही समय पहिले सुहाना अभिनित अंग्रेजी फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’ को टिजर रिलिज भएको थियो। यतिबेला भने उक्त फिल्म पुरै रिलिज भएको छ।

उक्त फिल्मको डाइरेक्सन सुहानाका क्लासमेट थियो गिमेनोले गरेका छन्। यस फिल्ममा उनले गरेको जिवन्त अभिनयले उनी बलिउडका लागि प्रफेक्ट नायिका हुन सक्ने प्रमाणित गरिदिएको छ।