सुदुरपश्चिम प्रादेशिक महोत्सव : रामजी खाँडको प्रस्तुतीमा झुमे दर्शक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुदुरपश्चिम प्रादेशिक महोत्सव : रामजी खाँडको प्रस्तुतीमा झुमे दर्शक



अत्तरिया,कैलाली । ‘समृद्व प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेशको राजधानी अत्तरियामा सुरु भएको ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७५’ को सातौ दिन बिहिबार लोकदोहोरी गायक रामजी खाँडले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन ।

खाँडले आफ्ना चर्चित गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । खाँडले बनैमा फुल बसायो, दामी देखीन्छ, मेरो मन त हो तिमि तिरै ढल्कीयो लगाएतका गितहरु मार्फत दर्शकहरुलाई नचाएका थिए ।

यस्तै देउडा गायक टेक बहादुर बोगटीले पनि आफ्ना चर्चित गितहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्चन दिएका थिए । बोगटीले त छुटेर रानि, रानिले नुहाइ गई लगाएका गित गाएका हुन । महोत्सवमा खाँड र बोगटीका साथै सिता गौतम, लिगेन्ड डान्स एकेडेमी र जनकल्याण बोर्डिङ स्कुल बास्कोटाको पनि प्रस्तुती रहेको थियो ।

यसैगरी शुक्रबार (आज) चर्चित गायीका ज्योती मगरका साथै गायक सुरेश चोखाल, डम्बर उपाध्याय, मान ऐर एवम् सत्यवती एकेडेमी अत्तरियाको प्रस्तुती रहने मिडिया संयोजक दिलिप कुमार साउँदले जानकारी दिए ।

महोत्सवमा झण्डै १ सय ५० वटा स्टलहरु रहेका छन । त्यस्तै दर्शकहरुलाई मनोरञ्जन दिनको लागी लामितालमा ३ वटा डुंगाहरुको व्यवस्था समेत गरिएको छ ।

महोत्सव अवलोकनका लागी सर्वसाधारणलाई रु.५० र विद्यार्थीहरुका लागी सहुलीयत रुपमा रु.४० टिकटदर तोकीएको छ । महोत्सव अवलोकनको प्रतिटिकटबाट १ रुपैया ७५ पैसा अत्तरियामा रहेको रेडक्रस उपशाखाको भवन निर्माण र ब्लड बैंकको लागी छुट्याईएको छ ।