प्रदेशलाइ समृद्ध बनाउन युवाहरुको योगदान आवश्यक : मन्त्री बराल - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

प्रदेशलाइ समृद्ध बनाउन युवाहरुको योगदान आवश्यक : मन्त्री बराल



कल्पना डुम्रे / बुटवल ।
प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मुलकलाइ समृद्ध बनाउन युवाहरुको योगदान प्रदेरहने बताएका छन् ।

उनले प्रदेश सरकारले युवाहरुलाइ स्वरोजगार,आत्मनिर्भर,स्वाभिमानी बनाउनका लागि सरकारले योजना बनाइरहेको धारणा राखे ।

तिलोत्तमा सिर्जनशील समाजको प्रथम साधारणसभा तथा अधिबेशनको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेश सरकारले प्रत्येक वडामा रहेका महिलाहरुलाइ आर्थिक,समाजिक , आत्मनिर्भर बनाउन सरकारले तयारी थालेको उल्लेख गरे ।
नेपालबाट बाहिरीने युवाहरुलाइ देशमै रोजगारी दिएर रोक्न सरकार लाग्नुपर्ने उनको धारणा छ । क्लवका अध्यक्ष सन्तोष बहादुर केसी बर्माको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रम्ख बासुदेब घिमिरे, सल्लाहकार सुरेन्द्र बर्मा,लगायतले बोलेका थिए ।

सो अबसरमा अध्यक्ष बर्माको प्रतिबेदन,कोषाध्यक्ष इन्द्र बहादु र खड्काको प्रतिबेदन पारित गरिएको छ । अधिबेशनले पुनःसन्तोष बर्माको अध्यक्षतामा नेतृत्व चयन गरेको छ ।

बरिष्ठ उपाध्यक्षमा पदम पौडेल क्षेत्री,उपाध्यक्षमा सुमन राना,सचिबमा अन्जु पौडेल,सहसचिबमा बिशाल बेल्बासे,कोषाध्यक्षमा इन्द्र बहादुर खड्का रहेका छन् भने सदस्यहरुमा मिना रायमाझि,सुबास थापा,रन्जना घिमिरे,प्रेम भुर्तेल,शुशिल आचार्य,प्रमोद पन्थी,लालमणि बेल्बासे रहेका छन् ।