भैरव स्पोटर््स क्लव नवलपरासी बिजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भैरव स्पोटर््स क्लव नवलपरासी बिजयी



बुटवल : बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा भैरव स्पोटर््स क्लव नवलपरासी बिजयी भएको छ ।

देशभक्त युवा क्लव मगरमुढा नवलपरासीलाई ०–१ गोलले हराउदै भैरव स्पोटर््स क्लव नवलपरासी बजयी भएको हो । जितकालागि भैरव स्पोटर््स क्लवका खेलाडी भक्त बहादुर आलेले खेलको पहिलो हाफको २७ औं मिनेटमा गोल गर्न सफल भए भने दोस्रो हाफमा कुनै टिमबाट पनि गोल हुन नसके पछि आलेको गोलनै निर्णायक बन्यो ।

सोमबारको खेलमा भैरव स्पोटर््स क्लवकै कान्छा गु ङ्ग म्यान अफ दि म्याच घोषित भएको आयोजक माउण्ट स्टार युवाक्लवका खेल संयोजक बिनोद गौतमले जानकारी दिए ।

बुटवल ११ स्थित नहरपूर माबिको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार जनज्योती क्लव डिङ्गरनगर र राधाकृष्ण फुटवल क्लव बुटवलबिच अन्तिम क्वाटर फाइनल प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् ।

सोमबारको खेलमा देशभक्त युवा क्लवका जर्सी नं. ८ का बिमल रानाले रातो कार्ड पाए भने देशभक्तका खेलाडीले तिन र भैरव स्पोटर््स क्लवका खेलाडीले तिन पहेलो कार्ड पाएका थिए ।
खेल पुर्वनिर्धारीत समय अनुसार दिनको ठिक तिन बजे शुरु हुने पनि आयोजकले जानाकारी दिएका छन् । प्रतियोगिताको विजेताले २ लाख ५ हजार र उपविजेताले १ लाख १हजार नगद सहितकप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यहीकार्तिक २५ गतेसम्मचल्ने प्रतियोगितामाबिभागिय टिम सहित १५ क्लवको सहभागिता रहेको छ ।