राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो



काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको सुपरलिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा मगर र विमला चौधरीले एक एक गोल गरिन् । जितपछि आर्मीको ६ अंक भएको छ भने सुपरलिगमा लगातार पराजित भएको सुदूरपश्चिम अंकविहीन छ ।

दोश्रो खेलमा अहिले सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिसबीच प्रतिष्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा एपिएफ २–० गोलले अगाडि छ । एपिएफ र आर्मीको समान ६÷६ अंक छ भने पुलिसको ३ अंक मात्रै छ ।

अहिले चलिरहेको खेल जितेमा एपिएफ सबैभन्दा बढी ९ अंक जोड्दै प्रतियोगिताको विजेता बन्नेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।