एक सय स्पाइस-२००० बम किन्न ३ अर्ब रूपैयाँको सम्झौता - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एक सय स्पाइस-२००० बम किन्न ३ अर्ब रूपैयाँको सम्झौता



भारतीय वायुसेनाले लगभग १०० स्पाइस–२००० बम किन्न बिहीबार इजराइलसँग ३०० करोडको सम्झौता गरेको छ । यो बम फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा गरिएको हवाई आक्रमणमा प्रयोग गरिएको भारतीय वायुसेनाले जनाएको छ ।

हिन्दुस्तान टाइम्सको समाचारअनुसार रक्षा मन्त्रालयका दुई अधिकारीले नाम नबताउने शर्तमा यसको जानकारी दिएका हुन् । अधिकारीका अनुसार नयाँ सरकार गठनपछि यो पहिलो सैन्य सम्झौता हुनेछ ।

पुलवा आक्रमणमा करिब ५० जना भारतीय सैनिक मृत्युपछि भारतीय वायुसेनाले बालाकोटमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो ।

(बीबीसी)