विशेष अदालतले सशस्त्रका चार पूर्वप्रमुखलाई सफाई दियो - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

विशेष अदालतले सशस्त्रका चार पूर्वप्रमुखलाई सफाई दियो



विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखहरूलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो।

तर विशेष अदालतले पूर्वप्रमुखहरू बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई सफाइ दिएको हो।

विपक्षीहरूको तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतका अनुसार उनीहरूसहित सबै विपक्षीलाई ‘सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा’ सफाइ दिएको छ।

(बीबीसी)