"साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार"को खोजिमा एडीलेड नेपाल - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

“साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार”को खोजिमा एडीलेड नेपाल



एडीलेड |

यहि मे २८ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिता हुने भएको छ । एडीलेड नेपाल संस्थाको आयोजनामा हुने उक्त कार्यक्रममा सबै उमेर समूहका व्यक्तिहरुले भाग लिन पाउने भएका छन् । दिउसो ११ बजे देखि मेरियन आरयसल क्लबको हलमा हुने सो कार्यक्रममा बालबालिकाको ग्रुप र सिनियर ग्रुप गरेर दुई समूहमा बर्गिकरण गरिएको छ ।

बालबालिकाको जुनियर ग्रुपमा १२ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता लिन पाउने छन् भने सिनियर ग्रुपको प्रतियोगितामा १३ वर्ष भन्दा माथिको उमेर समूहले सहभागिता लिन पाउने छ। एडीलेड नेपालका अध्यक्ष गोकुल ढकालका अनुसार जुनियर ग्रुपमा पहिलो राउण्ड बाटै विजेता छनोट हुनेछ भने सिनियर ग्रुपको लागि पहिलो चरण बाट फाइनल राउण्डको लागि ६ जना प्रतियोगी जानेछन र ६ जनाको दोस्रो प्रस्तुतिको अनुसार बिजेता घोसणा हुनेछ।

अस्ट्रेलियामा नेपाली कला संस्कृतिलाई संवर्धन गर्दै यहाँ रहेका कलाकारहरुमा लुकेर रहेको अन्तर निहित प्रतिभालाई प्रस्फुटन गर्न मंच प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ढकालले बताए । हरेक आईतबार ” ग्रेस डान्स ” नृत्य कक्षा संचालन गरि रहेको एडीलेडका नेपालका अध्यक्ष ढकालले थप्दै भन्छन ” साउथ अस्ट्रेलियामा हामीले पहिलो प्रयास गर्दै छौ जसले यहाँ हुर्किदै गरेका बालबालिकाहरुलाई नेपाली कला संस्कृति प्रति अझै रुचि बढ्नेछ “। बिजेताहरुलाई आकर्षक पुरष्कार राखिएको उक प्रतियोगितामा निर्णायक प्यानलमा चर्चित म्युजिक भिडियो निर्देशक तथा संचारकर्मी प्रदिप निरौला , द नेक्स्ट ग्रुपका चर्चित डान्सर अमित बजर्चार्य र सुरक्षा थापा रहने भएका छन् । बूमर्याबङ एजुकेशनल सर्भिस मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा दर्शकहरुको निम्ति निशुल्क प्रवेश र लन्चको समेत व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

प्रतियोगितामा  सहभागी हुन यहाँ तल रहेको फारम भर्न सक्नु हुनेछ

South Australia Nepali Dancing Star