दक्षिण एसियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीप प्रतियोगिता सुरु ,नेपालको पनि सहभागिता - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

दक्षिण एसियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीप प्रतियोगिता सुरु ,नेपालको पनि सहभागिता



ईन्द्र कमल जैरु /नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीमा बिहीबार देखि तेश्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीप प्रतियोगिता सुरु भएको छ। तालकटौरा स्टेडियममा बिहीबार उद्घाटन गरिएको च्याम्पियनसिपका लागि २०  खेलाडी सहित २७  जनाको नेपाली राष्ट्रिय टोलीको सहभागिता रहेको छ।

खेलाडीहरुलाई २  हप्ताको बन्द प्रशिक्षण शिविरमा तालिम दिइएको मुख्य प्रशिक्षक तथा जापान गोजुरीयो कराते डु मिशन सङ्घ नेपालका अध्यक्ष एवं संस्थापक केबी राना (काजी) ले बताए । रानाका अनुसार खेलाडीहरुले एकल काता, पुमिते र टिम काता र टिम कुमिते तथा किक बक्सिङमा प्रतिस्पर्धा गरिरहेका छन्। जापान गोजुरीयो कराते डु मिशन सङ्घ नेपालका केन्द्रीय सचिव गिरी प्रसाद पुनले खेलाडीहरुले निकै मिहेनत गरेका कारण धेरै भन्दा धेरै पदक हासिल गर्नेमा वि·ास्त रहेको बताए। उनले २०  जना खेलाडीहरुमा ६  जना महिला र १४  जना पुरुष रहेको नेपाली टोलीले विगतमा पुणेमा भएको दक्षिण एसियाली अन्तर्राष्ट्रिय करातें तथा किक-बक्सिङ्ग च्याम्पियनशीपमा पहिलो स्थान हासिल गरेजस्तै यसपाला पनि उत्कृष्ट स्थान हासिल गर्ने बताए ।

उनले २५  केजी मुनि र २५  केजी माथि गरी ४  वटा समूहमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्ने समेत जानकारी दिएका छन्। भारत, बङ्गलादेश, श्रीलंका, भुटान लगायतका दक्षिण एसियाली मुलुकका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा नेपाली खेलाडीहरुमा (२५  केजी तर्फ ) शाहिल गुरुङ , प्रीयंका थापा ( ४०  केजी ) , प्रशान्त थापा ( ३०  केजी ) र प्रसुन शाही ( ३५  केजी) छन्। यसै गरी १४  वर्ष उमेर तर्फको समूहमा बिपिन गुरुंग (३५  केजी ),  कृतिमा गौतम (४०  केजी ) , रिजन पाण्डे ( ४०  केजी ) , शिबम बस्नेत ( ५०  केजी ) र एलिसा घिमिरे (४०  केजी ) रहेका छन्।

यसै गरी १७ वर्ष उमेर समूहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी) , सुमन परियार (६०  केजी ) , कनिश्क राना (५५  केजी ) , सिबानी बस्नेत ( ४५  केजी ) , विपना जिएम (५५ केजि)  र सुस्मा पान्डे (५०  केजी ) छन्। त्यस्तै १९  वर्ष मुनि ७०  केजि तौल समूहमा मेख बहादुर घर्ति मगर छन्। सिनीयर तर्फ खुल्ला उमेर समूहमा राजकुमार हरिजन (४५  केजि), बिपिन राना (५०  केजि) , सन्तु चौधरी (५५ केजि) र सञ्जय चौधरी (७० केजि) रहेका छन् । टिममा संयोजकका रूपमा जापान गोजुरीयो कराते डु मिशन सङ्घ रुपन्देहीका अध्यक्ष उमेश थापा मगर, ब्यबस्थापकमा केन्द्रीय सचिव गिरी प्रसाद पुन, सहायक ब्यबस्थापकमा केन्द्रीय सदस्य भिमसेन थापा रहेका छन्।