चर्चामा मेक्सम र स्नेहाको अभिनय (भिडियो) - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

चर्चामा मेक्सम र स्नेहाको अभिनय (भिडियो)



काठमाडौँ । गायक मेक्सम खाती र मोडल स्नेहा पौडेलले अभिनय गरेको ‘तिम्रो रुपैको जादु…’ बोलको गीत सार्वजनिक भएको छ । मेक्समको युट्युबबाट सार्वजनिक गरिएको उक्त गीतमा दुबैको अभिनय तारिफ योग्य छ ।

मेक्सम खाती लोकदोहोरीबाट उदाएका भएपनि निकै भर्सटाईल गायक मानिन्छन भने स्नेहा पौडेल तिमी लाइटर म भाको चुरोटबाट दर्शकको दिलमा डेरा जमाएकी मोडल तथा निर्देशक हुन् । उनि ओस्कार कलेजमा अभिनय संगै सिनेमाटोग्राफी अध्ययन गर्दै छिन ।

लोकदोहोरीबाट फरक प्याटर्नमा जम्प हानेका मेक्समले फरक विधामा पनि आफूलाई सफलतापूर्वक उभ्याएका छन् । गायकी र अभिनय दुबैमा अब्बल देखिएका मेक्समले यो गीतमा निकै मेहनत गरेको देखिन्छ । स्नेहाको अलग्गै स्वभाव छ, निकै चुजी, झ्याप्प कुनै पनि काममा हात नहाल्ने उनी मेक्समसंग देखिएपछी यसको चर्चा अलग बनेको छ ।

यो गीतमा मेक्सम खातीलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ्र दिएकी छन्, गीतका शब्द कुमार पौडेल ‘पिरो’ले लेखेका छन् भने एरेञ्ज कमल सौराग, मिक्सिङ किशोर थापाले गरेका छन् ।

नरेश खातीको सङ्गीत रहेको यो गीतमा छायाङ्कन शंकल भुजेल, सम्पादन बनिश शाहले गरेका छन् ।

भिडियो:-