कर नतिर्ने स्मार्ट टेलिकमको लाइसेन्स खारेज - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कर नतिर्ने स्मार्ट टेलिकमको लाइसेन्स खारेज



काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिबानालगायत सरकारलाई तिनुपर्ने बक्यौता रकम नतिरेपछि कम्पनीको लाइसेनस खारेज गरिएको हो ।

कम्पनीको लाइसेन्सको म्याद चैत मसान्तसम्म मात्र थियो । सरकारलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतम खनालले जानकारी दिए ।

यो निर्णय भोलिदेखि लागु हुने उनले जानकारी दिए ।