गायिका तथा मोडेल सिर्जु अधिकारीको "ब्याण्ड बाजा" सार्वजनिक (भिडियो सहित)  - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गायिका तथा मोडेल सिर्जु अधिकारीको “ब्याण्ड बाजा” सार्वजनिक (भिडियो सहित) 



कैलाली । गायिका तथा मोडेल सिर्जु अधिकारीको ‘ब्याण्ड बाजा’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । सुदुरपश्चिमेली भाषामा निमार्ण गरीएको उक्त म्युजिक भिडियो केहिदिन अघि अफिसियल युट्युव च्यानल सिर्जु अधिकारी मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रमको दौरानमा धेरै पटक सुदुरपश्चिम आएको र यहाको भाषा संस्कृतीले आफुलाई लोभ्याएको भन्दै सुदुरपश्चिमेली दर्शक श्रोताहरुलाई नयाँ स्वाद दिनको लागी ब्याण्ड बाजा लिएर आएको गायिका तथा मोडेल अधिकारीले बताइन् ।

सिर्जु अधिकारीकै स्वर, शब्द अनी संगितमा सजिएको गितमा अराज केशबले रिमिक्सको पाटो सम्हालेका छन भने गितको एरेन्ज केशव बडुले गरेका हुन ।

भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेनको आकर्षक अभिनय देख्न पाईन्छ । भिडियो निर्देशन भने शिव बि.क.ले गरेका छन । बिगत लामो समय देखी सांगितीक क्षेत्रमा सक्रिय रहेकी गायिका तथा मोडेल सिर्जु अधिकारीका दर्जनौ गितहरु चर्चामा रहेका छन ।

पछिल्लो समय ब्याण्ड बाजा बोलको गित लिएर आएकी अधिकारीले बिशेषगरी सुदुरपश्चिमका दर्शक श्रोताहरुलाई आफ्नो भिडियो हेरेर सल्लाह सुझाव दिन र सबैले माया गरीदिन आग्रह समेत गरेकी छन ।

भिडियो हेर्नुहोस :