सिर्जु अधिकारी र प्रकाश कटुवालको ‘पहेँलो बेसार’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सिर्जु अधिकारी र प्रकाश कटुवालको ‘पहेँलो बेसार’ सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट / कैलाली । चर्चित गायक प्रकाश कटुवाल र लोकप्रिय गायिका सिर्जु अधिकारीको स्वरमा नयाँ गीत ‘पहेँलो बेसार’ बिहीबार सार्वजनिक भएको छ ।

गायक प्रकाश कटुवाल कै शब्द संगीत रहेको उक्त गितमा कमल सौराग ले एरेन्ज गरेका हुन् ।

फरक धारको गीतबाट सांगीतिक बजारमा छुट्टै पहिचान बनाउन सफल द्वय प्रकाश कटुवाल र सिर्जु अधिकारीले यो भन्दा अगाडि पनि धेरै गीतहरु संयुक्त रुपमा बजारमा ल्याइसकेका छन् ।

यस गीतको भिडियोलाई धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सहरुको बिचमा गायक /गायिका दुवै जनाले उत्कृष्ट अभिनय गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस :