सिन्धु मल्लले अष्ट्रेलियामा धमाका गर्ने - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सिन्धु मल्लले अष्ट्रेलियामा धमाका गर्ने



 

हिमालपोष्ट/सिड्नी, ३ वैशाख

चर्चित गायिका सिन्धु मल्ल र चन्दा अर्यालले अष्ट्रेलियामा बस्ने नेपालीहरूलाई तीजमा धमाका गराउने भएका छन्, बि एम एस फिल्म्सले आयोजना गरेको “ऑज़ी तीज धमाका २०१७” लाई ऑज़ी फ़ाइनान्सले प्रायोजन गरेको छ ।

सिन्धु मल्ल र चन्दा अर्याल नेपालबाट यो कार्यक्रमको लागि अनुबन्धित भैसकेका छन् भने सिड्निमा बस्ने नेपाली कलाकारले पनि यो कार्यक्रममा प्रस्तुति दिने छन् कार्यक्रममा सपना खत्रीले नृत्य प्रस्तुत तथा श्रीया राईले कार्यक्रम सञ्चालन गर्ने छिन ।

जुलाई २९ का दिन सिड्निको टाउन हल, रकडेलमा साँझ ६ बजे सुरु हुने उक्त कार्यक्रमको टिकट २० डलर राखिएको छ, सँगै आउने बच्चालाई भने १५ डलर मात्र लिइनेछ ।

बि एम एस फिल्म्सका सञ्चालक बिरेन्द्रदिप मल्लले आफुहरुले सिड्निमा बस्ने नेपालीहरूलाई तीजमा रमाइलो गराउन यो कार्यक्रमको अयोजना गरेको भन्दै अन्य आयोजकहरुलाइ सोही मितिमा कुनै कार्यक्रम नराखी सहयोग गरिदिनुहुन र सँगै रामाइलो गर्न अनुरोध पनि गरेका छन् ।