शुुभकामना आदानप्रदान तथा रचना बाचन कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शुुभकामना आदानप्रदान तथा रचना बाचन कार्यक्रम सम्पन्न



ललित जाग्री 

सुखड ,कैलाली । कैलालीको मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा नव बर्ष २०७५ सालको शुभकामना आदानप्रदान तथा साहित्यिक रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।

घोडाघोडी साहित्य मञ्चको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा साहित्यिक रचना बाचन कार्यक्रमको सभापति घोडाघोडी साहित्य मञ्चका अध्यक्ष कपिल सापकोटा रहनु भएको थियो । त्यस्तै प्रमुख अतिथी साहित्यकार कर्ण थापा, विशिष्ट अतिथि महादानबिर भवानी प्रसाद आचार्य, घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशी रहनु भएको थियो भने अतिथिमा सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारी, नारायण प्रसाद अम्मै, पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई , +२ संयोजक चेत राज बिनाडी, स्ववियु सभापति जीबन बि.सी. लगायतका ब्यक्ति रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी र विशिष्ट अतिथीले ब्यानर खोलेर उद्घाटन भएको कार्यक्रममा बिद्यार्थीहरुले नव बर्ष २०७५ को शुभ कामना आदानप्रदान तथा बिभिन्न विधाका साहित्यिक रचनाहरु बाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी तथा साहित्यकार कर्ण थापा, विशिष्ट अतिथि महादानबिर भवानी प्रसाद आचार्य लाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यस्तै साहित्यिक रचना बाचन कार्यक्रममा प्रथम तिर्सना कढायत, द्वितिय पार्बति बिष्ट र तृतिय ललित जाग्री हुनु भएको थियो ।

घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा भएको कार्यक्रमको सञ्चालन मोहन ऐरले गर्नु भएको थियो ।