प्राज्ञिक विद्यार्थी परिषद टीकापुर नगरसमितीद्वारा शुभकामना आदानप्रदान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्राज्ञिक विद्यार्थी परिषद टीकापुर नगरसमितीद्वारा शुभकामना आदानप्रदान



हिमाल पोस्ट / टीकापुर । प्राज्ञिक विद्यार्थी परिषद टीकापुर नगरसमितीले सोमबार नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संगठनका नगरसचिव यज्ञराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य रहेका थिए । कार्यक्रममा बोल्दै आचार्यले तडकभडकका साथ दशैं, तिहार मनाउनुको कुनै अर्थ नरहेको बताउदै शान्ती, व्यवस्थित अनि रमाईलो ढङ्गले दशैं, तिहार मनाउन आग्रह गरे ।

Yes (एस) नेपाल र टीकापुर सामुदायिक पुस्तकालयको सहयोग र स्थानीय युवा संञ्जाल संगको सहाकार्यमा गरिएको कार्यक्रममा इन्द्र बहादुर शाहिले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन बिकास अधिकारीले गरेका थिए । कार्यक्रममा विद्यार्थी र युवाहरुको उपस्थिति रहेको थियो ।