स्वागत तथा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

स्वागत तथा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न



राजेन्द्र रावल / बाैनियाँ ।

दशै ,तिहार र छठ पर्वकाे शुभकामना अादान -प्रदान तथा कक्षा ११ मा नव अागन्तुक बिधार्थिहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

वसन्त मुरारि माध्यमिक विधालय परिवार र बिधालयकाे कक्षा १२ का बिधार्थि द्धारा अायाेजित कार्यक्रम कक्षा १२ मा छात्र छत्र भुलकाे अध्यक्षता र बिधालयका प्राचार्य भुमि प्रकाश बमकाे प्रमुख अाथित्यतामा सम्पन्न भएको हाे ।

उक्त अवसरमा बाेल्दै प्रमुख अतिथि बमले बिधालयले कक्षा ११ र १२ काे पठन पाठनकाे कार्यकाे सुरुवाति दिनबाटनै अनुसासन लाई बिधालयले प्राथमिकता दिएकाे कुरामा जाेड दिदै त्यस तर्फ ध्यान दिन बिधार्थिहरु लाई अाग्रह गर्नु भएको थियाे । बमका अनुसार बिधालयकाे जिल्लामा नै फरक खालकाे स्थान र पहिचान रहेकाे कुरा उल्लेख गर्दै बिधार्थिहरुले कुनै पनि क्रियाकलाप गर्दा त्यसमा बिधालय जाेडिने हुदा सधै राम्राे र उत्कृष्ट कार्य गर्न अाग्रह गर्नु भयाे । साथै बमले बिधार्थिहरुले गर्ने हरेक गतिबिधिमा बिधालय परिवारकाे साथ र सहयाेग बिधार्थिमा रहिरहने कुरा समेत जाेड्नु भएको थियाे । उक्त

कार्यक्रमका विशिष्ट अतिथि बिधालयका सहायक प्रचार्य राकेश हमाल रहेका थिए । साे अवसरमा बिधालयका पुर्व सहायक प्राचार्य बलराज भाट,शिक्षकहरु प्रभुनाथ शर्मा र महेश्वर विनाडिले शुभकामना मन्तव्य व्यत्त गरेकाे कार्यक्रममा बिधार्थिहरुले बिबिध सांस्कृतिक प्रस्तुति पस्केका थिए ।

कक्षा १२ कि छात्रा सीता शर्माकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम काे सञ्चालन बिधार्थि द्धय प्रिया गाैतम र मनाेज विश्वकर्माले गरेका थिए । मंगलबार नै कक्षा १२ का बिधार्थिहरुले बर्दगाेरिया गाउँपालिका २ बर्दगाेरियामा रहेका सहारा घरमा एक कार्यक्रम काे अायाेजना गर्दै २ थान बेड र फलफुल हस्तान्तरण गरेका छन् ।ए

यस अघि पनि वसन्त मुरारी माध्यमिक बिधालयका कक्षा ९ र १० का बिधार्थिहरुले सहारा घरमा विभिन्न सामाग्री हरु हस्तान्तरण गरेका थिय ।