लोक दोहोरीका शुबास ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

लोक दोहोरीका शुबास !



दीपक घिमिरे

पश्चिम दाङको फुलवारीबाट सङ्गीतमा भविष्य खोज्दै हिँडेको एउटा गायकको नाम हो सुवास हिताङ्ग ।
२०४८ सालमा तुल्सिपुर उपमहानगरपालिका -१३ फुलबारीमा बुवा भरत कुमार नेपाली अनि आमा पिमा देवी नेपालीको कोखमा जन्मिएका शुबास सङ्गीतमा उदाउदै गरेको प्रतिभा जस्तै हुन् ।

सङ्गीतमा लोक दोहोरी विधालाई पकडेर अगाडी बढ्दै गरेका शुबासका निक्कै चर्चित गीतहरू लोकदोहोरी पारखीहरुले सुन्न पाइरहेका छन् ।
तीन वर्षअघि देखि सङ्गीतमा लागेका शुबासका करिब आधा दर्जन गीतहरू बजारमा सुन्न सकिन्छ । ती मध्य “ फेसबुकले बोल्ने बनायो “ बोलको गितले आफूलाई सङ्गीतको क्षेत्रमा धेरै उचाइमा पुर्‍याएको उनी बताउँछन् ।

“ मैले गाएका आधा दर्जन गीत मध्य फेसबुकले बोल्ने बनायो बोलको गीतले मलाई देश विदेश सम्म चिनायो । उसो त धोका दिए सानु मर्छिन् बोलको गीतले पनि मलाई साङ्गीतिक क्षेत्रमा राम्रै हाईट दिलाएको थियो । “गायक शुबासले बताए ।

साङ्गीतिक क्षेत्रमा रुचि बच्चै देखिको भएता पनि बुवा आमाको प्रेरणा र साथी कमला बिकको साथ र सहयोगले आजको अवस्था सम्म आउन सकेको बताउँछन् शुबास । मैले सानै देखि मादल बजाउने , बाँसुरी बजाउने गर्थे । यो देखेर बाबा आमाले मलाई साङ्गीतिक क्षेत्रमा लाग्न उत्प्रेरणा प्रदान गर्नुहुन्थ्यो । पछि कमला बिकजि सँग मित्रता भएपछि उहाँ कै साथ र सहयोगले आजको गायक शुबास बन्ने मौका पाएको छु । गायक शुबासले बताए । उनले थप्दै भने “सायद बा आमाको आशिष् र कमलाजिको साथ पाउँदैनथे भने म सङ्गीतको क्षेत्रमा हुँदैनथे ।

स्कुले जीवन देखिनै गीत सङ्गीतबाट समाजमा एउटा छुट्टै स्थान बनाउँदै आएका शुबास पुराना दिन सम्झँदै भन्छन् “स्कुल पढ्दै देखि म गीत गाउँथे । साथीहरू राम्रो भनेर हौसला प्रदान गर्थे । तर त्यो बेला आर्थिक हैसियतकै कारण पछाडि परे । पछि समयले कोल्टे फेर्दै गयो , सामान्य पैसा कमाउने बाटो बन्यो अनि कमला जी जस्ता साथीहरूको साथ र सहयोग पाएपछि आफूलाई साङ्गीतिक क्षेत्रमा उभ्याउन सफल भए ।”
जीवनका अन्तिम दिनहरू सम्म पनि सङ्गीतकै क्षेत्रमा लागिपर्ने उनको अठोट छ । “मेरो सपना नै सङ्गीत हो, यो भन्दा टाढा रहेर बस्न सक्दैन । जीवनका अन्तिम दिन सम्म सङ्गीतकै क्षेत्रमा लागि पर्नेछु ।” गायक सुवासले बताए ।