शाहरुखलाई फिल्मी करियर छाड्न परिवारको दवाव - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शाहरुखलाई फिल्मी करियर छाड्न परिवारको दवाव



एजेन्सी- बलिउडका सुपरस्टार शाहरुख खानलाई फिल्मी करियर छाडेर अर्को करियर सुरू गर्न पारिवारिक रूपमा दवाव परेको छ ।

शाहरुख खान हालै मुम्बईमा रहेको श्रीमती गौरीको डिजाइनिङ स्टोरमा भएको एक कार्यक्रममा पुगे ।

यतिबेला गौरीले मिडियासँग कुराकानीमा गरिन् र ‘जीरो’ फ्लप भएपछि फिल्मबाट टाढा भएका शाहरुखको तारिफ गर्दै उनका लागि नयाँ करियर सुरू गर्न सुझाव दिइन ।

फिल्मी करियर छाड्न दवाव:

गौरीले भनिन्, ‘शाहरुखलाई डिजाइनिङबारे राम्रो ज्ञान छ । उनी घरमा डिजाइनिङको हिसाबले विभिन्न परिवर्तनको सुझाव दिइरहन्छन् ।

अहिले म उनलाई फिल्ममा काम गर्न बन्द गर्न र भविष्यमा डिजाइनिङलाई सेकेन्ड करियर अप्सनको रुपमा सोच्नुपर्ने सल्लाह दिन चाहन्छु किनभने उनी उत्कृष्ट डिजाइनर हुन् ।’

डीडीएलजेको दोस्रो पार्ट बनोस्ः

गौरीलाई जब मिडियाले भारत आएका डोनल्ड ट्रम्पले दिलवाले दुल्हनिया ले जाएंगेको तारिफ गर्दा कस्तो लाग्यो भनेर प्रश्न सोध्दा उनले भने, ‘म शाहरुख र आदित्य चोपडालाई फिल्मको दोस्रो पार्ट बनाउने बारे सोच्नुपर्ने दिन आएको छु भन्न चाहन्छु ।’

कमब्याक गर्न सक्छन् शाहरुखः

सन् २०१८ मा रिलिज भएको जिरोपछि शाहरुख कुनै पनि फिल्ममा देखिएका छैनन् । शाहरुखले अहिलेसम्म कुनै पनि फिल्मको आधिकारिक घोषणा गरेका छैनन् । तर उनी राज कुमार हिरानीको अर्को फिल्ममा देखिन सक्ने अनुमान गरिएको छ ।