श्री राधाकृष्ण मन्दिर श्रीमद्भागवत धर्म सेवा समितिको साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

श्री राधाकृष्ण मन्दिर श्रीमद्भागवत धर्म सेवा समितिको साधारण सभा सम्पन्न



८६ हजार ६ सय ५६ बराबरको आय व्यय प्रस्तुत

बिरेन्द्र शाह
सुखड , कैलाली ।
श्री राधाकृष्ण मन्दिर श्रीमद्भागवत धर्म सेवा समिति को चौथो वार्षिक साधारण सभा घोडाघोडीमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष हरीलाल भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ का सासंद अमर बहादुर साउँद रहनु भएको थियो भने बिशिष्ठ अतिथिमा घोडाघोडी प्रतिस्ठानका महासचिब कृष्ण मिश्र रहनु भएको थियो ।

कार्यक्रममा बिभिन्न हिन्दु धर्म प्रति आस्था राख्नेहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर साउँदले अहिले हिन्दु धर्म प्रति बिभिन्न तत्वहरुले आक्रमण गर्ने थालेको र त्यसलाई रोक्नको हिन्दु धर्म प्रति आस्था राख्नेहरुले आ -आफ्नो ठाउँ बाट लाग्नु पर्ने बताउनु भयो । अहिले हिन्दु धर्म संकटमा पर्न थालेकाले यसलाई संरक्षण गर्नु पर्ने मा पनि उहाँले जोड दिनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले हिन्दु धर्म संकटमा पर्न नदिनको लागी सबैले लाग्नु पर्ने धारण राखेका थिए । श्री राधाकृष्ण मन्दिर श्रीमद्भागवत धर्म सेवा समिति सचिब खगेन्द्र बजगाईले आर्थिक वर्ष २०७३÷२०७४ को ८६ हजार ६ सय ५६ बराबरको आय व्यय कार्यक्रमा प्रस्तुत गर्नु भएको थियो । समितिका उपाध्यक्ष लक्ष्मी प्रसाद न्युरेको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन बिराट मा.बि.का शिक्षक शंकर प्रसाद संज्यालले गर्नु भएको थियो ।