श्रमिक महिला दिवसका फरक दृश्य - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

श्रमिक महिला दिवसका फरक दृश्य



दशरथ घिमिरे
देउखुरी  । लमही नगरपालिका वडा नं. ६ निवासी देवा घर्तीले लमही क्षेत्रमा अटो रिक्सा चलाउन थालेको दुई वर्ष पुगेको छ । लमहीमा यसरी फरक ब्यवसाय अटो रिक्सा चलाउने काममा संलग्न भएकी उनी पहिलो महिला हुन् । तर, बिहिवार उनले रिक्सा चलाइनन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मान कार्यक्रम राखिएको भन्दा सुरुमा आश्चर्य मानेकी देवाले आफ्नो कामलाई समुदायले सम्मान गरेकोमा खुसी छिन् । ‘२ वर्ष भयो लमहीमा रिक्सा चलाउन थालेको तर, म अहिले सम्म यस्तो औपचारिक कार्यक्रममा भाग लिएको थिइन,’ उनले भनिन्– ‘श्रमिक महिला दिवसमा पनि भाग लिन पाए, सम्मान पनि गर्नु भयो, आफ्नो काम प्रति गर्व लागेको छ ।’

देवासंगै अर्की अटो रिक्सा चालक यमुना चौधरीलाई पनि सम्मान गरिएको छ । यस्तै दश जना श्रमिक महिलाहरूलाई पनि सम्मान गरेर अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । ‘श्रम गर्दै आउनुभएका महिला दिदी, बहिनीहरूलाई निम्त्याएर सम्मान गरेका छौं,’ महिला समन्वय समितिका संयोजक द्रोपदा पौडेलले भनिन्– ‘श्रममा लाग्न उत्प्रेरणा दिन यस्तो खालको कार्यक्रम गरेका हौं । ’

औपचारिक कार्यक्रममा सिमित बन्न पुगेको अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसमा केही फरक दृश्य देखिए । श्रमिक महिलाहरू काममै ब्यस्त रहेको पाइए पनि केही श्रमिक महिलाहरूलाई सम्मान गर्दै हौसला थपिएको छ ।

श्रीमान बिते पनि रातो पहिरनमा सजिन नपाएका आमाहरूलाई रातो कपडा पहि¥याएर सम्मान गरिएको छ । लमहीमा आयोजना गरिएको कार्यक्रममा दश जना श्रमिक महिला र दुई जना अटो रिक्सा चालक महिलालाई सम्मान गरिएको हो । महिला समन्वय समितिका अध्यक्ष द्रोपदी पौडेलको अध्यक्षता एवम् प्रदेश सभा सदस्य सरस्वती गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले संविधानमा महिला अधिकार सुनिश्चित भएको भन्दै अब संकुचित मानसिकतामा परिवर्तन आउन जरुरी रहेको धारणा राखिन् ।

कार्यक्रमलाई लमही नगरपालिकाका उपमेयर देवका वेल्वासे, वडा नं. ५ का अध्यक्ष विमबहादुर केसी, नेकपा माओवादी केन्द्रकी पोलिट ब्यूरो सदस्य नारायणी शर्मा, नेकपा एमालेकी जिल्ला सचिवालय सदस्य मिना गुरुङ, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, नागरिक समाज दाङका जिल्ला उपसंयोजक निमबहादुर थापा लगायतका वक्ताहरूले मन्तब्य ब्यक्त गरेका थिए ।

योगमाया शाहीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण चुमा आचार्यले गरेकी थिइन् । सुन्डवरीमा आयोजित कार्यक्रममा सिता चौधरी, जननी चौधरी, धना बोहरा, विष्णु चौधरी, राफली चौधरी, आशा चौधरी, रामकुमारी चौधरी गरी ७ जना एकल महिलालाई रातो टिका लगाएर, कपडा पहि¥याएर सम्मान गरियो । अपाङ्गता भएकी कृष्णी चौधरी र देउकुमारी चौधरीलाई नगद प्रदान गरेर सम्मान गरियो ।

साविक सोनपुर गाविस स्तरीय महिला सञ्जालका अध्यक्ष शोभा घिमिरेको अध्यक्षता एवम् प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले महिला अधिकार, शसक्तिकरण र सामाजिक न्यायको क्षेत्रमा प्रदेश सरकारले कार्यक्रम बनाउने प्रतिवद्धता ब्यक्त गरिन् । कार्यक्रममा लमही नगरपालिकाका उपमेयर देवका वेल्वासे, जखेरा ताल महिला विकास बचत तथा ऋण सहकारी संस्थाका कमला भट्ट्राई, सरस्वती भुसाल लगायतका वक्ताहरूले मन्तब्य व्यक्त गरेका थिए । शुसीला चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कल्पना चौधरीले गरेकी थिइन् ।

राजपुरमा पनि कार्यक्रम
आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिला जीवनस्तर रूपान्तरण भन्ने मूल नाराको साथ १०८ औं विश्व नारी दिवस राजपुर गाउँपालिका वडा नम्बर ५ जङग्रहवामा सम्पन्न भएको छ ।

राजपुर गाउँ पालिका, महिला तथा बालबालिका शाखा, सिसा नेपाल, दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोग र सोमयथान महिला बचत तथा ऋण सहकारी संस्था बेलाको आयोजना मा संचालन भएको सो कार्यक्रम मा चेतना मुलक लोक गीत र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत टंकराज गौतमको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा राजपुर गाउँ कार्यपालिका सदस्यसदस्य निमकुमारी झाँक्री मगर, वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव, दक्षिण देउखुरी अधिकार मञ्चका म्यानेजर शहदेव यादव, सिसा नेपालका सामाजिक परिचालक पटवारी यादव, भवानी अधिकारी, बालिका पोखरेल, चंगुवा प्रहरी चौकी का प्रहरी नायब निरिक्षक बुद्धि प्रकाश राना लगायतले बोलेका थिए ।

कार्यक्रम व्यवस्थापक मायारूपी चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको सहजीकरण सोमयथान महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पा यादवले गरेकी थिइन् ।