शिक्षक जोशीको बिदाई हुँदा रोकिएनन विद्यार्थी, शिक्षकका आसु(फोटो फिचर) - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

शिक्षक जोशीको बिदाई हुँदा रोकिएनन विद्यार्थी, शिक्षकका आसु(फोटो फिचर)



गोविन्द बीसी

बौनिया ,कैलाली । भावह्यिल हुँदै बिद्यार्थी, शिक्षक र अभिभावकले शिक्षक भुवनेश्वरी जोशीको बिदाई गरे । करिब एक दशकसम्म संगसंगै एउटै थलोमा काम गर्दै आएका बिगतका तितामिठा अनुभव सम्झिदै उनीहरुले प्रकृति नियम अनौठो भएको बताए । आफ्नै सहकर्मीको बिदाईमा शिक्षक र विद्यार्थीले आखाबाट आँसु थाम्नै सकेनन । उनीहरुले आफूसंगै हुँदाका बिगतका सुख, दु:ख  र वेदनाहरु गीत, गजल र कविता मार्फत अभिव्यक्त गरे । एक कुशल, इमानदार शिक्षकको गुण बिद्यालयले कहिल्यै तिर्न नसक्ने उनीहरुले बताए ।

कैलाली बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डामा कार्यरत  शिक्षक भुवनेश्वरी जोशीको एक कार्यक्रमका बीच मंगलबार  बिदाइ गरिएको हो । जगदम्बिके भगवती माध्यमिक विद्यालयमा प्राथमिक तह नीजिस्रोतमा कार्यरत जोशीको अनिवार्य अवकाश भएपछि बिदाइ गरिएको विद्यालयले जनाएको छ ।

जोशी २०६५ साल भाद्र देखी विद्यालयमा कार्यरत थिईन । गएको  २०७४ पुसमा विद्यालयले जोशीको अनिवार्य अवकाशको निर्णय गरेको थियो । विद्यालयमा शिक्षण सेवाका लागि आवश्यक शिक्षक अध्यापन अनुपतिपत्र शिक्षक जोशीसंग नभएपछि उहाले अवकाश लिनुपरेको विद्यालय प्रशासनले जनाएको छ । गएको पुसमा साविक जिल्ला शिक्षा कार्यालय कैलालीको जिल्ला शिक्षा अधिकारी सहितको अनुगमन टोलीले अनिवार्य अवकाश गर्न निर्देशन दिएपछि अवकाश गर्नुपरेको विद्यालयका लेखापाल गोविन्द बीसीले बताएका छन ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको बिदाई कार्यक्रममा वडा अध्यक्ष कर्ण सुनार प्रमुख अतिथि रहेका थिए । यस्तै बिशिस्ट अतिथिमा शिक्षक अभिभावक संघका अध्यक्ष एवं बर्दगोरिया गाउँपालिका न्यायिक समिति सदस्य टंकराज ओली रहेका थिए । कार्यक्रममा वडा अध्यक्ष सुनारले लामो सेवा अवधीसम्म विद्यालयमा कार्यरत शिक्षकको अवकाश गरिनु विद्यालयका लागि  दु:खद कुरा भएको बताए । उनले विद्यालयमा काम गर्ने शिक्षकको पेसागत सुरक्षा र बिकासका आगामी दिनमा पहल गर्ने बताए । एउटै विद्यालयमा लामो समय देखि शिक्षक निजिस्रोतमा कार्यरत छन । उनीहरूको पेसागत सुरक्षा र अधिकारका पक्षमा स्थानीय तहबाट हामीले के गर्नुपर्छ ? हामी पहल गर्छौं ।”- अध्यक्ष सुनारले भने ।

बिदाई कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राम बहादुर चौधरीले दोसल्ला, कदरपत्र, फूलमाला सहित जोशीको सम्मान गरेका थिए भने प्रधानाध्यापक नेत्र बहादुर खड्काले  पाउनुपर्ने ४ लाख तलबभत्ताको चेक हस्तान्तरण गरेका थिए । शिक्षक ऋषिराज सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिवराज गौतमले गरेका थिए ।