धर्मको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन- शेखर कोइराला - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

धर्मको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन- शेखर कोइराला



नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतिक र राष्ट्रका धरोहर भएको बताए । राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वर्द्धन गर्नु राज्यको दायित्व भएको पनि उनले बताए ।

सोमबार विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।