शेखर र गगन समूहमा विवाद, सहमति भएन - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

शेखर र गगन समूहमा विवाद, सहमति भएन



नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठकमा विवाद भएको छ । बैठक बिना निष्कर्ष टुंगिएको छ ।

नेताहरूले नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलेर जान दबाब दिएका छन् । दुईमध्ये को उम्मेदवार बन्ने भन्ने निष्कर्षमा पुग्न आज रातभरि पनि प्रयास गरिने नेताहरूले बताएका छन् ।

मंगलबार दिउसो साढे २ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ । सो समयअघि नै उम्मेदवार टुंग्याउने भन्दै अहिलेको बैठक सकिएको छ।

सोमबार बिदेखि दलको नेताको उम्मेदवार चयन गर्नेबारे गुटका नेताहरू छलफलमा जुटेका थिए । साँझ नेता कोइराला र महामन्त्री थापासहित बसेको शीर्ष नेताहरूको बैठकमा अधिकांश नेताहरूले दुई नेतालाई मिलेर अघि बढ्न दबाबा दिएका छन् ।

सहमहामन्त्री जीवन परियारले नेता कोइराला र थापालाई मिलेर जान र दुईमध्ये एक जनामात्रै उम्मेदवार बन्न सुझावसहित बैठक सकिएको बताए ।

‘अहिले छलफल सकियो, हामीले उहाँहरू दुवै जनाका कुरा सुनेपछि आफ्ना सुझावहरू राख्यौँ,’ सहमहामन्त्री परियारले भने, ‘रातभरिको समय छ, तपाईंहरू छलफल गर्नुहोस्, मिलेर अगाडि आउनुस्, दुईमध्ये एक जना उम्मेदवार बन्दा टिमकोा लागि सबैभन्दा राम्रो हुन्छ भनेका छौँ, सबै नेताहरूले यो वा त्यो नभनेर मिलेर जानुपर्छ, एकल उम्मेदवार उठाउनुपर्छ भन्ने धारणा राख्नुभएको छ ।’

उनकाअनुसार त्यसबारे मंगलबार विहान ८ बजे पुनः छलफल हुनेछ ।