मुख्यमन्त्री पाेखरेलकाे सपथ ३ बजे - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मुख्यमन्त्री पाेखरेलकाे सपथ ३ बजे



बुटवल । प्रदेश नम्बर ५ काे मुख्यमन्त्री शंकर पाेखरेलले अाज दिउसाे सपथ ग्रहण गर्दै छन् ।

उनले अाज अपराह्न ३ बजे बुटवलमा रहेकाे सडक डिभिजन कार्यालयकाे सभागृहमा शपथग्रहणको तयारी भइरहेको ५ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पाेखरेललाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।

पाेखरेल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री पाेखरेलले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत गरेका छन् ।

मुख्यमन्त्री पाेखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले सपथ गराउने छन् ।

यसअघि हिजाे सभामुखमा पूर्णबहादुर घर्तीले सपथ ग्रहण गरीसकेका छन् । मुख्यमन्त्री पाेखरेलले एमालेबाट बैजनाथ चाैधरीलाई मन्त्री र माअाेवादी बाट कुलप्रसाद केसी लाई लैजाने तयारीमा गलेका छन् ।

माअाेवादीबाट मन्त्री बन्ने केसीकाे भने अान्तरीक बिवादका कारण निर्णय भईसकेकाे छैन् । मन्त्री टुङ्गाउनकाे लागी माअाेवादी केन्द्रका नेता वर्षमान पुन बुटवलमा अाएका छन् ।